अन्तर्राष्ट्रिय

दिल्लीमा नराम्रो संकेत देखिएपछि भारत सरकारले गर्यो देशव्यापी आह्वान

एजेन्सी । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ ।

मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ ।

गतहप्ता मात्रै नयाँ दिल्ली र मध्यप्रदेशको चिडियाखानामा बर्ड फ्लुबाट केही चराहरु मरेका थिए । त्यो क्रम मानिसहरुमा समेत सर्न सक्ने भन्दै भारत सरकारले सो आव्हान गरेको हो । बर्ड फ्लुबाट केही वर्षयता दक्षिण एसियाका अन्य राष्ट्रहरु समेत प्रभावित भैरहेका छन् ।