राजनीति

अख्तियारका टोलीलाई प्रधानमन्त्री दहालले भने कामकारबाही जारी राख्नुस

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । प्रधानमन्त्री पुष्पकमल दहाललाई भेट्न बुधबार सिँहदरबारस्थीत प्रधानमन्त्रीको कार्यालयमा पुगेका अख्तियार दुरुपयोग अनुसँधान आयोगका नबनियुक्त कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यात सहितको आयुक्तहरुको टोलीलाई प्रधानमन्त्री दहालले अख्तियारका कामकारबाही निरन्तर अगाडी बढाउन सल्लाह दिएका छन् ।

प्रधानमन्त्तीका प्रस सल्लाहकार गोबिन्द आचार्यका अनुसार भेट नियमीत भएको र यसलाई प्रधानमन्त्रीले स्वायत्त र स्वतन्त्र बनाई आफ्नो काम जारी राख्न आग्रह गरेका थिए ।

एक हप्ता अगाडीमा कात्तिक ३ गते एमाले र माओबादीका १ सय ५७ साँसदहरुले प्रमुख आयुक्त लोकमानसिँह कार्कीलाई महाअभियोग प्रस्ताब गरेपछि कार्की निलम्बित छन् ।

कार्कीलाई निलम्बन गरेपछि दीप बस्न्यातले बरिष्ठताका आधारमा कार्यबाहकको रुपमा काम गरिरहेका छन् ।