पु.समाचार

हेटौंडाको नापी कार्यालयमा भीषण आगलागी, हालसम्म तीन घाईते

सुर्यखबर सँबाददाता, 

हेटौंडा । सेवाग्रही र कर्मचारी भित्रै भएकोबेला मकवानपुरको हेटौंडाको नापी कार्यालयमा आगलागी भएको खबर छ । सानोपोखरा स्थीत भबनबाट आगलागीबाट घाईते तीनजनालाई उद्दार गरेको जिल्लाप्रहर कार्यालय मकवानपुरले जनाएके छ ।

आगो नियन्त्रण प्रयास जारी राखेको भएपनि घाईतछेको सँख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

आगलागी किन र कसोरी भयो भन्ने हालसम्म जानकारी नभएपनि आगलागी हुनु भन्दा अगाडी ठूलै बिष्पोटको आवाज सुनिएको स्थानीयहरु बताउछन् । कसैले बिद्युत सर्ट भएको वा ग्याँस पड्कीएका कारण आगलागी शुरु भएको अनुमान लगाएका छन् ।

हेटौंडा नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको जनाईएके छ । आगलागीबाट आगोको मुस्लो निस्किरहेको कारण हेटौंडाबासीहरु त्रसित भईरहेका देखिन्छन् ।