अन्तर्राष्ट्रिय

क्लिन्टनको सिरिया नीतिका कारण तेस्रो बिश्वयुद्ध : डोनाल्ड ट्रम्प

काठ्माण्डौ । अमेरीकामा हुन गईरहेको चुनावमा राष्ट्रिपति पदका उमेर्द्वार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्धि हिलारी क्लीन्टन राष्ट्रपति भए तेस्रो बिश्वयुद्ध निम्तिने ठोकुवा गरेका छन् । क्लिन्टनको सिरिया बिदेश नीति योजना घातक भएकोले त्यसको परिणाम राम्रो नहुने बताएका छन् ।

सिरियाको बिदेश नीतिले रुस र इरानसँग समेत टकराब बढ्ने हुँदा सिरियाको हवाई क्षेत्रमा उडान निशेध गर्ने हिलारी क्लिन्टनको प्रब्ताब भन्दा सिरियालाई इस्लामिक स्टेट हटाउने भन्ने तर्फ अमेरीकाको ध्यान केन्द्रीत हुनुपर्ने भनाई रिपब्लिकन उमेर्द्वार ट्रम्पको भएको बीबीसीले जनाएको छ ।

रुसका एक जनरल जोसेफ डनफर्डले सिरियाको आकाशमा उडान निशेध गर्ने कार्यले अमेरीकासँगको सम्बन्ध चिसिने बताएका थिए । यसबाट क्लिटनले भ्लादिमिर पुटिनसँग वार्ता गर्ने वाताबरण समेत गुमाउने टज्ञम्पको बिश्लेशण छ ।

खस्किएको ट्रम्पको चुनावी माहौल यस समाचारबाट केहि उठ्न सक्ने बिश्लेशकहरुले बताएका छन् ।