पु.समाचार

डा. शेखरले परेवा उडाएर शान्तिको कामना गरे

अर्घाखाँची/ केहिदिन अगाडी बिभिन्न जिल्लाको भ्रमणमा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईराला नेतृत्वको समूहले बुधबार परेवा उडाएर शान्तिको कामना गरेको छ।
भ्रमण टोलीमा प्रेस यनियनका नेताहरू शिव लम्साल, खिला कार्की, नकूल अर्याल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली, नेविसंघका केन्द्रिय उपाध्यक्ष प्रकास राना, लगायत भएको नेबिसँघका नेतासमेतर रहेका डा. कोईरालाका स्वकीय सचिब दिनेशचन्द्र थपलीयाले सूर्यखबरलाई बताए।
मुलुकमा शान्ति, संबिधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणका निम्ति अर्घाखाँचीको सुपा देउराली मन्दिरमा परेवा उडाउदै नेपाली काँग्रेसका प्रभाबशाली नेता डा शेखर कोईराला, आनन्द प्रसाद ढूंगाना र रंजित कर्णले सँयुक्त रुपमा परेवा उडाएर मुलुकमा शान्ति र संबिधान कार्यान्वयनको माग गरेका छन् ।