समाचार

नब नियुक्त प्रमुख आयुक्त दीप बस्न्यातले यी लोकमानका ११ कर्मचारी बिज्ञहरुलाई पदमुक्त गरे

सुर्यखबर सम्बाददाता, 

काठ्माण्डौ । अख्तियार दुरुपयोग अनुसँधान आयोगका कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातले अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख आयुक्त लोकमानसिँह कार्कीले बिज्ञको रुपमा नियुक्त  मेडिकल विशेषज्ञ रुपमा नियुक्ती पाएकी कार्कीकी छोरी आध्याश्री कार्की सहित११ जनालाई पदमुक्त गरेका छन् ।

पदमुक्त हुनेमा प्रमुख कानुन विज्ञ कोमलप्रसाद घिमिरे, कानुनविज्ञ भानुभक्त पोख्रेल, बालचन्द्र शर्मा, करुणाकर मल्लिक, सचिवालयका गोवर्धन श्रेष्ठ, रामहरी अर्याल (राजश्व विज्ञ) डा. निलमणि बराल (स्वास्थ्य विज्ञ), भरत राज शर्मा र माधव खत्रीलाई  निस्काशन गरेको छ।

भूमिसुधार विज्ञ हुपेन्द्रमणि केसी, मेडिकल विशेषज्ञ रुपमा नियुक्ती पाएकी कार्कीकी छोरी आध्याश्री कार्की र सञ्चार विशेषज्ञको रुपमा कार्यरत शरद अधिकारीलाई पनि हटाएको अख्तियारले जनाएको छ ।

यसका साथसाथै मंगलबारबाट नबनियुक्त प्रमुख आयुक्त दीप बस्न्यातले सूचना गोप्य राख्न र कुनैपनि अख्तियारको काम कारबाही लोकमानसिँह कार्कीलाई रिपोर्ट नगर्न निर्देशन दिएको बताईएको छ ।