पु.समाचार

गगन थापाले भने, “अख्तियार प्रमुख कार्कीलाई माहाअभियोग लगाउनु अपरिहार्य”

सुर्यखबर सँबाददाता, 

काठ्माण्डौ । स्वास्थ्यमन्त्री समेत रहेका नेपाली काँगे्रसका युवा नेता गगन थापाले निलम्बित अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख लोकमानसिँह कार्कीलाई महाअभियोग लगाउनु अपहरिहार्य रहेको बताएका छन् ।

मंगलबारको साँसद बैठकमा मन्त्री थापाले कार्कीलाई नियुक्त गर्दादेखि नै आफूहरु नियुक्तीको बिपक्षमा रहेको जनाएका छन् । बिगतमा कार्कीलाई नियुक्ती गरेर गम्भिर भूल भएको जीकिर गर्दै थापाले जसरी पनि महाअभियोग पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
थापाले गोबिन्द केसीले उठाएका माग जायज भएका कारण आफूहरुले सार्बजनिक महत्वको प्रस्ताब सँसदमा दर्ता गराएको स्पष्ट गराए ।