समाचार

पाकिस्तानस्थित प्रहरी प्रतिष्ठानमा आक्रमण, ५० जना मारिए

एजेन्सी– पाकिस्तानको क्वेटा शहरस्थित प्रहरी तालिम प्रतिष्ठानमा मंगलबार बिहान भीषण आक्रमण हुँदा ५० जनाको ज्यान गएको छ । आक्रमणमा प्रशिक्षार्थी र सुरक्षा गार्डहरु परेको जनाइएको छ ।

आक्रमणकारीहरुले प्रष्ठिान भवनमै प्रवेश गरेर आक्रमण गरेपछि सुरक्षाफौजले ४ घण्टाभन्दा बढी समयसम्म कारबाही सञ्चालन गरेको थियो । आक्रमणमा १ सयजना भन्दा बढी घाइते भएको बताइएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानी अधिकारीहरुका अनुसार विष्फोटक भेष्ट लगाएका ३ जना आत्मघाती आक्रमणकारीहरुले सुरुमै भवनमा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए ।

आत्माघाती आक्रमणकारी मध्ये आफ्नै बम पड्काएर २ जनाले घटनास्थलमै ज्यान फालेका थिए भने एकजनाई प्रहरीले मारिदिएका थिए । थप सैनिक फोर्स पुगेपछि कलेजबाट अन्य प्रशिक्षार्थीहरुलाई बाहिर निकालिएको थियो ।