राजनीति

प्रहरीको नजरमा विप्लव अतिवादी !

काठमाडौं । सुरक्षा निकायको अध्ययनमा नेत्रबहादुर चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपा माआवादी ‘अतिवादी समूह’मा रहेको छ ।

नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीका अनुसार विप्लव माओवादीले बैंक लुटपाट नगरेको, सशस्त्र हतियार नउठाएको तथा कानुनको दृष्टिकोणमा आपराधिक गतिविधि नगरेका कारण राजनीतिक अतिवादी समूहअन्तर्गत रहेको छ ।

‘अतिवादी राजनीतिक चेतनाबाट प्रभावित भएकालाई हामीले अतिवादी समूहमा राखेका छौं,’ महानगरीय प्रहरी आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सशस्त्र गतिविधि गरिएका छैन, राजनीतिक अतिवादी सोच मात्रै फैलाइएको हो ।’

प्रहरीले राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्ने र राजनीतिक अतिवादी सोच फैलाउने गरी दुई वर्गमा अध्ययन गरिरहेको जनाएको छ । मंगलबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।