खेलकुद

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी, शेर्पा भन्छन् भ्रष्टाचार अझ बढ्छ

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । कडा प्रतिस्पर्धाबीच सम्पन्न भएको एन्फा निर्बाचनबाट अध्यक्षमा नरेनद्र श्रेष्ठ बिजयी भएका छन् ।
करीब १४ महिनाको कार्यकालका लागी भएको चुनावबाट गणेश थापा निकट श्रेष्ठ प्रत्यासी कर्माछिरिगं शर्पालाई ५ भोटले हराउदै ३६ भोट ल्याएर बिजयी भएका हुन् ।

निर्वाचनमा देशभरका ए डिभिजन क्लवबाट १२ जना, बि डिभिजनबाट चार जना, सि डिभिजनबाट चार जना, जिल्ला संघबाट ४४ जना, खेलाडी, प्रशिक्षक, महिला र रेफ्रि समितिबाट एक–एक गरी ६७ जना प्रतिनिधि सहभागी उक्त निर्बाचनबाट उपाध्यक्षमा श्रोष्ठ निकट मणि कुँवर ३४ मतका साथ बिजयी भएका छन् । प्रतिस्पर्धी दीपक खातीले २५ र स्वतन्त्र उमेर्द्वार उपेन्द्रमान सिँहले ८ मत ल्याएका थिए ।

बिजयी भएपछि नबनिर्बाचित अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलकुदको बिकासका लागि दुबैधार मिलाएर अघि बढ्ने बताएका छन् भने ३१ मत ल्याएर अध्यक्षमा पराजय भोगेका प्रत्यासी कर्माछिरिगं शेर्पाले नयाँ नेतृत्वले कुनैपनि नयाँ काम गर्न नसक्ने बरु भ्रष्टाचार अझ बढ्ने दाबी गरेका छन् ।