मनोरञ्जन

जब अभिनेत्री निशा अधिकारीले आफ्नो थरको पछाडि ‘मल्ल’ थर थपिन्….!

काठमाण्डौ । अभिनेत्री निशा अधिकारीले भर्खरै आफ्नो जन्मदिन मनाउने क्रममा आफु आधा ममीको र आधा ड्याडीको भन्ने अभिव्यक्ति दिँदै आफ्नो थरको पछाडि अर्को थर पनि थपेकी छन् । ३० औं जन्म दिन मनाइरँदा उनले आफ्नो थरको पछाडी अर्को मल्ल थर समेत थपेकी हुन् ।

उनले चालेको यो कदमपछि सबैले उनलाई विवाह गर्न लागेको भनेर अड्कल समेत काटे तर उनले त्यो अन्दाजलाई केहीबेरमै फिका बनाइदिइन् ।

अभिनेत्री निशाले आफुलाई जन्म दिने बुबा–आमा दुबै बराबर भएको भन्दै उनले दुवै तर्फको थर आफ्नो नामको पछि राख्ने तर्क दिइन् ।

उनले एक सफल सन्तान हुनको लागि आमाबाबु दुवैको बराबर हात हुने र परिवारमा बुबाको जति हक हुन्छ उति ममीको पनि हुने भएकोले परम्परागत पितृसतात्मक समाज परिवर्तन गर्न आफै लाग्नुपर्ने देखेर उनले त्यसका लागि आफ्नो थर पछाडि मल्ल थर जोडेको बताइन् । यसबेला अभिनेत्री निशा चलचित्र कुम्भकर्णको फिल्म सकेर रोमियोको तयारीमा लागेकी छन् ।