राजनीति

गुटबन्दी र भागबण्डाको राजनीतिले काँग्रेस ठूलो पार्टी भएपनि भूमिकाबिहीन : डा. कोईराला

सुर्यखबर सँबाददाता,
गुल्मी । नेपाली काँग्रेसका प्रभाबसाली नेता डा शेखर कोईरालाले गुट, उपगुट र भागबण्डाले दुरदराजका आम कार्यकर्ताको शिर झुकेको र नेपाली काँग्रेस कमजोर बन्दै गएको बताएका छन्। उहाँले गुट,उपगुट र भागबण्डाको राजनीतिले पार्टीभित्रका ईमान्दार र स्वाभिमान ब्यक्तिहरू ओझेलमा परेको बताउदै गुट संचालनमा रमाउँने नेताहरू चाँडै समाप्त हुने पनि बताएका छन्।

नेपाली काँग्रेस गुल्मीले तानसेनमा आईतबार आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई संबोधन गर्दै कोईरालाले ठूलो पार्टीको नाताले काँग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा शिर्ष नेताहरू गुटबन्दी र भागबण्डामै ब्यस्त भएकाले राष्ट्रिय राजनीतिमा काँग्रेसको भूमिका फिक्का भएको बिचार ब्यक्त गरेका छन् ।
राजधानीमा सच्चा काँग्रेस भेटिन छाडेकाले काँग्रेस खोज्दै आफु गाउँ(गाउँ आएको दृष्टिकोण आफूसँग भएको जनाएका छन् । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य आनन्द प्रसाद ढूुगानाले मुलुक संक्रमणकालमा रहेकाले उच्च मनोबलका साथ उभिन कार्यकर्तालाई आग्रह गरेका थिए।
उक्त कार्यक्रममा नेबिसंघका पुर्व अध्यक्ष रंजित कर्ण, नेपाली काँग्रेस गुल्मीका सभापती भुवन श्रेष्ठ लगायतले आ-आफ्नो धारणा राखेका थिए।