खेलकुद

आठौ मिडिया कप फुटबल प्रतियोगिता पुसमा हुने

काठमाण्डौ । नेपाल ओलम्पिक संग्रहालयद्धारा सञ्चालन हुने ‘आठौं मिडिया कप फुटबल प्रतियोगिता–२०७३’ पौष २ं१ गतेदेखि माघ ५ गतेसम्म आयोजना हुने भएको छ ।

साग खेलकुद सूचना केन्द्रको विस्तार तथा सञ्चार संस्थाहरुबीच भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ विश्वभर नेपालमा मात्र खेलिने सञ्चार निकायको एकमात्र यो खेल महोत्सव योसहित आठौ पटक आयोजना गरिएको हो ।

यस प्रतियोगितालाई व्यवस्थित रुपमा आयोजना गर्न नेपाल सरकारको नियमानुसार दर्ता भएका सञ्चार गृहका पदाधिकारी वा ६ महिना नियमित हाजिरी तथा २३ वर्ष उमेर नाघेका खेलाडीहरुलाई सहभागी गराइने ओलम्पिक संग्राहलयद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

मिडिया कपमा विजयी टीमलाई ५० हजार, उपविजेता टीमलाई २५ हजार तथा उत्कृष्ट खेलाडीहरुलाई ५/५ हजार नगदका साथ ट्रफी र प्रमाणपत्र पनि प्रदान गरिने जनाइएको छ । साथै यस प्रतियोगिताको फाइनल खेलमा मैत्रीपूर्ण खेल पनि आयोजना गरिने जनाइएको छ ।