समाचार

मुलढोका फोरेर भित्र पस्नासाथ समातियो चोर

काठमाडौं । शंखमुलमा चोरी गर्दागर्दै प्रहरीले चोर पक्राउ गरेको छ । आइतबार अपराहृन स्थानीय भरत शाक्यको घरको मूलढोका फेरेर भित्रछिरी धमाधम चोरी गर्दा प्रहरीको क्विक रेस्पोन्स टिमले दोलखाका रमेश श्रेष्ठलाई समातेको हो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी नारायण चिमोरियाका अनुसार श्रेष्ठ शाक्यको घरमा कोही नभएको मौका छोपी मूलढोका फुटाएर भित्र पसेका थिए । प्रहरी आएको सूचना पाएपछि भाग्न खोज्दा उनी पक्राउ परेका हुन् ।

प्रहरीले श्रेष्ठबाट लागूपदार्थ खैरो हेरोइन, ढोका फोड्न प्रयोग हुने फलामै ओजार, चोरीको मोबाइल र सुनको मुन्द्रासमेत बरामद गरेको छ भन्दै सोमबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।