समाचार

लोकमानसिँह कार्कीको पक्षमा नबोल्न साँसदहरुलाई प्रधानमन्त्री दहालको चेतावनी

सुर्यखबर सम्बाददाता,

काठ्माण्डौ । माओबादी केन्द्रले आफ्ना साँसदहरुलाई निलम्बित अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख लोकमानसिँह कार्कीलाई माहाअभियोग लगाउने प्रस्ताबको पक्षमा बोल्न निर्देशन दिएको छ ।
माओबादी केन्द्रको सँसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दहालले आफ्ना साँसदहरुलाई उक्त निर्देशन दिएका हुन् ।
प्रकृया नटुंगिउन्जेल सँसदीय प्रकृयामा सामेल हुने निर्देशन दिदै काँग्रेससँग समेत छलफल गरेर ल्याएको माहाअभियोग जसरी पनि पारित गराउने हुँदा माहौल नबिगान चेतावनीपूर्ण भाषामा आग्रह आफ्ना साँसदहरु गरेको स्रोतको दाबी छ ।