पु.समाचार

ठूलो परिमाणमा विस्फोटक पदार्थसहित दुई जना पक्राउ

दाङ । ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले दाङको तुलसीपुरवाट गएराति दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बराइन घर बताउने अरविन्दकुमार चक्रवर्ती र हेकुली गाविस –३ का नवीन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताए।
दुई बोरा विस्फोटक पदार्थसहित पक्राउ परेका दुबैजनामाथि विस्फोटक पदार्थ ओसारपसार तथा बिक्री वितरण सम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
नजिकँदो तिहार पर्वलाई लक्षित गरेर उक्त परिमाणको विस्फोटकजन्य पदार्थ बिक्री वितरणका लागि तुलसीपुर बजारमा ल्याएको हुन सक्ने अनुमान प्रहरीको छ। रासस