समाचार

ब्यापक उपस्थितीमा आचार्यहरुको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । आचार्य बन्धु समाज नेपालले पूर्बनिर्धारित कार्यक्रम अनुसार काठ्माण्डौमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आचार्य समाजको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको रुपमा निम्त्याईएका पूर्ब अर्थमन्त्री समेत रहेका आचार्यले आचार्य समाजले गरेको शुभकामना आदान प्रदान कार्यक्रम आफुलाई मार्गनिर्देशक भएको समेत बताएका छन् ।

 बिशिष्ट अतिथीका रुपमा सँबैधानिक समितिका पूर्ब सभापति निलाम्बर आचार्य  लगायत साँसद सचिवालयका पूर्ब सचिब मुकुन्द शर्मा आचार्य, नेपाल बैंकका अध्यक्ष एबम् बैंकर जनार्दन आचार्य, पत्रकार महासँघका पूर्ब अध्यक्ष डा. शुरेस आचार्य, नेपाल बिद्यार्थि सँघका नेता मनोजमणी आचार्य, काभ्रेपलाञ्चोक काँग्रेसका सभापति मधु आचार्य लगायत बिशिष्ट ब्यक्तीहरुको उपस्थतिमा ब्यापक बन्धुहरुको सहभाभीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बौद्धिक ब्यक्तीत्व समेत रहेका निलाम्बर आचार्यले बन्धुबान्धबहरुले बेलाबेला जमघट गरि सामाजीक कार्यमा आफ्नो उपस्थीति देखाउने कार्य राम्रो भएको बताएका थिए ।

कार्यक्रमको सभापतित्व समेत गरिरहेका समाजका अध्यक्ष एबम् उद्योगपति कृष्ण आचार्यले शुभकामना मन्तब्य दिने क्रममा समाजले चाँडै साधारणसभा गरेर नयाँ नेतृत्व चुन्ने बताउदै आगामी चाँडै राष्ट्रिय स्तरको बालन प्रतियोगीता गरेर मुलुकको सँस्कृतिको जगेर्ना गर्नेदेखि समाजलाई आर्थिक रुपमा समेत बलियो बनाउने योजना रहेको जानकारी गराएका थिए ।
उपाध्यक्ष शुरेस आचार्यले समाजका गतिबिधीहरु भूकम्प र नाकाबन्दीका कारण केहि समयदेखि सँचालन हुनसकेकोमा दुःख ब्यक्त गर्दै अब द्रुत गतीमा अगाडी बढाउने उद्येश्य रहेको बताएका थिए । कार्यक्रममा असमाजका उपाध्यक्ष एबम् अर्थबिद केशब आचार्यले उपस्थीत बन्धुहरुलाई शुभकामना दिनुँहुदै आफ्नो धारणा राखेका थिए ।

आचार्य बन्धु समाजका माहासचिब बाबुराम आचार्यको सँयोजकत्वमा सफलता पूर्बक सम्पन्न भएको कार्यक्रममा कानुनविद मोहनलाल आचार्यले कार्यक्रम सँचालन गरेका थिए ।

केन्द्रीय महासचिब समेत रहेका बाबुराम आचार्यले भूकम्प र नाकाबन्दीका कारण दुई बर्ष रेगुलर बाहेकका कार्यक्रमहरु गर्न नसकिएकोमा क्षमा माग्दै कार्यक्रममा अन्जानमा कुनै गल्ती भएमा माफि दिन उपस्थित बन्धुहरुलाई आग्रह गरेका थिए ।