खेलकुद

निधन भएका राजाको सम्मानमा विश्वकप छनौट खेलमा हुटिङ गर्न रोक

एजेन्सी–थाइल्यान्ड र अष्ट्रेलियाले विश्वकप २०१८ को छनौट खेलमा हुटिङ गर्न प्रतिबन्ध लगाएका छन् । आउँदो केही महिनाभित्र आयोजना हुँदै गरेको सो खेलमा ती दुई देशका फुटबल एसोसियसनले स्वर्गीय थाइ राजा भूमिबोलको सम्मानमा हुटिङ गर्न रोक लगाएका हुन् ।

त्यस्तै, फुटबल एसोसियसनले खेल मैदानमा प्रवेश गर्ने दर्शकहरुले लगाउने कपडा समेत तोकेको छ । दर्शकहरुले कालो र सेतो रंगको कपडा मात्र लगाउन पाउने नियम बनाइएको छ । थाइल्यान्डमा करिब ७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गत अक्टोबर १३ मा निधन भएको थियो ।