पु.समाचार

पोल्याण्ड र पोर्चुगल हिँडेका २ नेपाली युवा रसियामा बेपत्ता

काठमाडौं । मानवतस्करमार्फत युरोप जान हिँडेका दुई नेपाली युवक रसियामा बेपत्ता भएका छन् । अन्य दुईमात्र गत मंगलबार नेपाल आइपुगेका छन् ।

बानेश्वरको रेकन एजुकेसन कन्सल्ट्यान्सी तथा कोटेश्वरस्थित हाइलिंक कन्सल्टेन्सीमार्फत उनीहरु रसियाँ हुँदै पोल्याण्ड तथा पोर्चुगल जान लागेका थिए ।

रेकन एजुकेसनकी सञ्चालिका सम्झना केसी र हाइलिंक कन्सल्टेन्सीका आनन्द केसीले मोटो रकम लिएर युरोप पठाउने भन्दै ठगी गरेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाले दुवैजनालाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिव्यक्ति साढे १० लाख रुपैयाँ बुझाएर उनीहरु भिजिट भिसामा रसिया पुगेका हुन् भन्दै शनिबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।