पु.समाचार

लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि कांग्रेसभित्र देखियो तीन धार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाअभियोगका विषयमा कांग्रेसले अझै संस्थागत निर्णय गर्न सकेको छैन ।

महाअभियोग पारित वा विफल गराउन निर्णायक शक्ति कांग्रेसले लिने निर्णय चासोको विषय बनेरहेको बेला नेताहरुबाट तीनथरी धारणा आएको छ ।

बिहीबारबाट जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाअभियोगको पक्ष, तत्कालका लागि चुप बस्नुपर्ने र गम्भीर छलफल गरेर निर्णययमा पुग्नुपर्ने धारणा व्यक्त भएका हुन् ।

शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुमध्ये केही महाअभियोगको पक्षमा खेलेर उभिए भने केही नेताहरु यसबारे थप छलफल र गृहकार्य गर्नुपर्ने धारणा राखे भन्दै शनिबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।