पु.समाचार

अध्यागमनकै कर्मचारीको यस्तो धन्दा !

काठमाडौं । अध्यागमनका कर्मचारीकोमिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अकैंको राहदानी प्रयोग गरी तिव्वती मूलका चिनियाँ नागरिक योङ डेङ चीन पुगेको तथ्य खुलेको छ ।

चिनियाँ प्रहरीले छेङ्दु विमानस्थलमा पक्राउ परेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचतारीको मिलेमतोमा अर्कैको पासपोर्टमा एयर चाइनाको विमानबाट चीन गएको तथ्य खुलेको छ।

डेङ अर्का चिनियाँ नागरिक झा झी रोङको रद्द भइसकेको राजहदानी प्रयोग गरेर असोज २५ चीन उडेका थिए । स्रोतका अनुसार छेङदु विमानस्गथलमा उत्रिएपछि चिनियाँ अध्यागमन कार्यालयले उनीसँग पासपोर्ट माग्दा देखाउन इन्कार गरेका थिए ।

पासपोर्ट नदिएपछि छेङदु अध्यागमले पक्राउ गरी अनुसन्धान अघि बढाउँदा उनले त्रिभुवन विमानस्थलमा रहेका अध्यागमन कर्मचारीलाई घुस दिएर सेटिङ मिलाई अर्कैको राहदानीमा चीनतर्फ उड्न सफल भएको वयान दिएका छन् ।

पक्राउ परेसँगै एयर चाइनालये उनले प्रयोग गरेको राहदानीको फोटोकपी, परिचयपत्र, फोटोसहित अर्कै व्यक्ति गएको विवरण नेपषलस्थित अध्यागमन कार्यालयमा बुझाएको छ भन्दै शनिबारको राजधानीमा समाचार प्रकाशित छ ।