पु.समाचार

निलम्बित प्रमुख आयुक्त कार्कीले निवासलाई अख्तियार बनाई कर्मचारीलाई काम लगाए

सुर्यखबर सम्बादाता,

काठमाडौं । साँसदको एक चौथाईबाट निलम्बनमा परेका अख्तियार प्रमुख लोकमानसिँह कार्कीले निवासबाटै अख्तिया सँचालन गरिरहेको समाचार आएको छ ।
अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख आयुक्तको निवासमा बस्दै आएका लोकमान सिँह कार्की बुधबार देखि निलम्बनमा परेपनि क्यानडाबाट फर्किएपछि साझै कार्यालय नजिकैको निवासमा गएका थिए ।
अख्तियार श्रोतका अनुसार कर्मचारीहरुलाई निवासमा नै बोलाएर काम लगाउने गरेको रहस्य खुलेको छ ।
सहसचिव वेगेन्द्र पौडेल कार्कीको निवासमा उनीसँग परामर्ष गर्न पुगेको क्षेतको दाबी छ । । कोरियन संस्था कोइकाले आयोजना गरेको कार्यक्रमका लागी प्रवक्ता गणेश कार्की र पौडेल सहित १२ जना कर्मचारी कोरिया जाने कार्यक्रम स्विकृत गराउन कार्कीकोमा गएको बताईएकोे छ ।

सचिबले गर्नुपर्ने निर्णय अनुसार अख्तियार सचिव राजेन्द्रकिशोर क्षत्रीले कोइकाको कार्यक्रममा कर्मचारी पठाउने निर्णय आफूले नै गरेको बताएका छन् । अख्तियार प्रमुखले यसमा हस्तक्षेप गरेको भन्ने समाचार गलत हो, उनले भने ।
निलम्बनमा परेको ब्यक्तले कुनैपनि सरकारी सुबिधा नपाउने संबिधानमा नै ब्यबस्था भएपनि लोकमानले गैरकानुनी रुपमा सुबिधा लिईरहेका छन् । शुक्रबार लोकमानलाई सम्पूर्ण सरकारी सुबिधाबाट बञ्चित गाउन सर्बोच्च अदालतमा रिट समेत दर्ता भएको छ ।