मनोरञ्जन

धरानमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुँदै

काठमाण्डौ । आगामी पुसमा धरानमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुने भएको छ । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा पुस २७ गतेदेखि माघ २ गतेसम्म महोत्सव हुने भएको हो ।

महोत्सवका लागि अनलाईन आवेदन खुला भैसकेको आयोजक संस्था निकट श्रोतले बताएको छ । आगामी मंसिर १० गतेसम्म आवेदन खुलाइएको जनाइएको छ । महोत्सवमा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्महरु समावेश हुने आयोजक संस्थाले विश्वास लिएको छ । फिल्मको लागि प्रवेश शुल्क नलाग्ने जनाइएको छ ।

महोत्सवमा भाग लिने फिल्महरुबीड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छुट्याएर सोहि प्रकारको प्रतिस्पर्धा गराईने बताईएको छ भने फिचर फिल्म, वृत्तचित्र तथा छोटा फिल्मले आवश्यक मापदण्ड पुरा गरेको खण्डमा प्रतिस्पर्धामा भाग लिनसक्नेछन् ।

उक्त महोत्सवमा उत्कृष्ट हुनेहरुलाई अन्तर्राष्ट्रिय अवार्ड स्वरुप वेस्ट फिचर फिल्मका लागि एक लाख रुपैयाँ राशीको ‘गौतम बुद्ध फिल्म अवार्ड’, वेस्ट डकुमेन्ट्रीका लागि ५० हजार राशीको ‘सगरमाथा फिल्म अवार्ड’ र वेस्ट शर्ट फिल्मका लागि ३० हजार राशीको ‘रारा फिल्म अवार्ड’ रहेका छन्।

त्यस्तै राष्ट्रिय अवार्डहरुमा ५० हजार राशीको ुश्रीजंग अवार्डु, ३० हजार राशीको ुरामप्रसाद राई अवार्डु, र २० हजार राशीको ुचतुरमान राजवंशी अवार्डु वितरण गरिने बताइएको छ।