समाचार

आचार्य बन्धु समाजले विस्तारित भेलाको आयोजना गर्दै

काठमाण्डौ । शनिबार मुलुकभरका आचार्यहरुको सामुहिक संगठन आचार्य बन्धु समाज नेपालले बृहत अन्तरक्रिया तथा चियापान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बडादसैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्धेश्यका साथ हुने सो कार्यक्रममा समाजमा आबद्ध आचार्य बन्धुहरुको बाक्लो उपस्थिति रहने जनाइएको छ ।

संगठनको विस्तारित भेलाका रुपमा समेत आयोजना गरिएको सो कार्यक्रममा शुभकामना आदानप्रदानका अतिरिक्त आचार्य बन्धुहरुको सामुहिक हक, अधिकार र सम्बन्ध विस्तारका बारेमा समेत अन्तरक्रिया हुने सो संगठनका जिम्मेवार पदाधिकारीहरुले बताएका छन् ।