समाचार

चित्ताबाटै शव नियन्त्रण

काठमाडौं । श्रीमती र सालाले मिलेर हत्या गरेको छिमेकीको उजुरीका आधारमा कैलाली प्रहरीले चितामा जलाउन ठिक्क पारिएको शव नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका ४० वर्षीय नायारण उपाध्यायको शव मोहना आर्यघाटमा चितामा जलाउन ठिक्क पारेका बेला त्रिनगर सीमा प्रहरी चौकीले नियन्त्रणमा लिएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।

कैलाली धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका नारायण र उनी श्रीमतीलको १२ वर्षदेखि बोलचाल बन्द थियो । भारतीय सहर गौरिफन्टाबाट सामान बोक्ने दुर्गाले बेरोजगार पतिलाई बोझ ठानिरहेको छिमेकीले बताएका छन् भन्दै शुक्रबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।