राजनीति

निरंकुश चरित्र भएका लोकमानलाई अब कसैले चाहेर पनि बचाउन नसक्ने : सभापति देउवा

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अब चाहेर पनि कसैले बचाउन नसकिने अवस्था आएको बताएका छन् । तत्कालीन शाही आयोगले आफुलाई पटक पटक दुःख दिएको स्मरण गर्दै त्यो भन्दा पनि कार्की निरँकुस शैलीमा अगाडी बढेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको सानेपामा बसेको केन्द्रीय समिति बैठकमा लोकमानसिँह कार्कीबारे केन्द्रीय सदस्यहरुले सभापतिको धारणा राख्ने क्रममा नेपाली कांग्रेसले अब चाहेर पनि लोकमानसिँह कार्कीलाई जोगाउन नसक्ने दाबी गरेका छन् ।
साथै सभापति देउवाले लोकमान सिँह कार्की नियुक्त हुन लाग्दा आफुले बिरोध गरेपनि आफुले भने जस्तो हुन नसकेको जानकारी समेत बैठकमा गराएका छन् । लोकमानले त्यसबेला समेत आफुलाई दुःख दिएको र उनलाई आफुले पटक पटक सच्चिन सम्झाउदा समेत नमानेकाले महाअभियोगको परिस्थिति श्रजना भएको बिचार राखेका थिए ।
स्वास्थ्य मन्त्री समेत रहेका गगन थापाले लोकमानलाई हटाउन काँग्रेसले नेतृत्व नै लिनुपर्ने धारणा राखेका थिए । अर्का काँग्रेसका केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले महामन्त्री शसाँक कोईराला तर्फ इकित गर्दै हिन्दू धर्मको बिषयमा पार्टीका पदाधिकारीहरुले बोलेर राजतन्त्र ल्याउन खोजेको आरोप समेत लगाएका थिए ।

काँग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पुनः बस्ने जनाईएको छ ।