पु.समाचार

गगन थापाले भने “कुनैपनि हालतमा लोकमानसिँह कार्कीको महाअभियोग पारित हुन्छ”

तुलसा खनाल
काठ्माण्डौ । नेपाली काँग्रेसका युवा नेता एबम् स्वास्थ्यमन्त्री गगन थापाले लोकमानसिँह कार्कीबिरुद्धको महाअभियोग जसीपनि पारित गुर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसको केनद्रीय समितिको बैठक हुनुपुर्ब सुर्यखबर प्रतिनिधिसँगको कुराकानीमा पार्टीका सिनियर नेताहरुसँग कुरा गरेर लोकमानसिँह कार्कीका बिरुद्धमा महाअभियोग प्रस्ताब दर्ताभएको आफूलाई जानकारी भएको बताउदै दायाँबाँया नहेरी उनीबिरुद्धको महाअभियोग प्रस्ताब पारित गराउनु पर्ने बिचार ब्यक्त गरेका छन् ।
साथै काक्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले आफु उक्त अभियानका लागी आवश्यक गृहकार्य गर्न लागि परेको समेत खुलासा गरेका छन् ।
ससर्बोच्च अदालतको अवहेलना लगायतका गम्भिर आरोप लागेका निलम्बित अख्तियार प्रमुख कार्कीलाई कुनैपनि हालतमा महाअभियोग प्रस्ताबबाट हटाईनुपर्ने काँग्रेस नेता थापाको पहिले देखिको नै बिचार थियो ।