पु.समाचार

वनकालीबाट विश्वलाई नयाँ सन्देश दिने यस्तो छ पूर्वराजा ज्ञानेन्द्रको गोप्य तयारी !

काठमाण्डौ । २०६२/०६३ को जनआन्दोलन सफल भएर जब मुलुकले अन्तरिम संविधान पायो त्यसबेला देशलाई राजतन्त्रबाट मुक्त गरेर गणतन्त्रको घोषणा गरियो । अन्तरिम संविधानमा राजसंस्थाको बारेमा केही शव्द राख्ने वा नराख्ने भन्ने विषयमा बहस चलेपछि बेबी किङसम्मको प्रस्ताव राखिएका कुराहरु बाहिर आए । यद्यपि, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यसका बारेमा मुख खोल्न चाहेनन् । कतै–कतै उनले बेबी किङका बारेमा बोलेका कुराहरु बाहिर आएका थिए, त्यो पुष्टि भने भएन ।
जब मुलुकमा संविधानसभा निर्वाचनको तयारी र कडा संक्रमणकाल अघि बढ्दै गयो, तब राजतन्त्र र सोसँग जोडिएका व्यक्ति, दल र विचारहरु बाहिर आउन थाले । कमल थापाले त खुल्ला रुपमा मुलुकमा संवैधानिक राजसंस्थाको आवश्यकता रहेको बहस उठान गरिनै रहेका छन् । दरबार नजिक रहेका सबै पक्षले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै आन्दोलन समेत गर्दै आए र गरिरहेका छन् । यही बीचमा देशले नयाँ संविधान पायो । नयाँ संविधान ल्याउने तरखर गरिरहँदा कमल थापाको पार्टीले हिन्दुराज्य र संवैधानिक राजतन्त्रको पक्षमा आन्दोलननै चर्कायो तर उनले परराष्ट्रमन्त्री पाएर सरकारमा सहभागिता जनाएलगत्तै उनको सो आन्दोलन समेत मत्थर भैहाल्यो । यद्यपि, थापा र उनको दल अहिले पनि सो मुद्धा उठाइहेको छ । राजतन्त्र र हिन्दु राज्यको मागलाई उनीहरुले जोडेर अभियान चलाइरहेका छन्, जसले लामो सुस्केरा हालेर नागार्जुन दरबारमा मौन बसेका पूर्वरराजा ज्ञानेन्द्रलाई समेत केही राहात मिलेको देखिन्छ । दरबार ढलेपनि मुद्धा दिर्घकालीन रुपमा उठिरहेको छ भन्दै ज्ञानेन्द्रले समेत बेला बेलामा सोही खालका अभिव्यक्ति दिइरहेका छन् । उनले उपयुक्र्त अवसरको खोजी गरिरहे जस्तो आभास मिल्छ ।
ज्ञानेन्द्रको सक्रियता !
पूर्वराजा ज्ञानेन्द्र आफैमा परिवारका केही सदस्यका कारण तनाव झेलिरहेका व्यक्तिका रुपमा देखिन्छन् । सायद उनको पारिवारिक तनावका विषयमा सिंगो देश विज्ञ छ । पूर्वयुवराज पारस साह र उनको गतिविधिका कारण ज्ञानेन्द्र आफैमा तनाव झेलिरहेका व्यक्ति हुन् तर त्यसलाई उनले बाहिर देखाइहेका छैनन् । दरबारमा पारस शाह त्यस्ता व्यक्ति हुन्, जो पिता ज्ञानेन्द्र राजगद्धीमा आसिन हुनु अघिदेखिनै कूलतमा फसिसकेका थिए । ज्ञानेन्द्रले त्यसबेलादेखिनै उनलाई वास्ता गर्दैनथे । पछिल्ला वर्ष पनि उनले त्यसलाई बेवास्ता गर्छन्, त्यसकारण पारसको त्यो गतिविधिले राजनीतिक मुद्धालाई अघि बढाउन व्यक्तिगत रुपमा उनलाई असर नपरे पनि सार्वजनिक छबिमा भने असर पुर्यायो नै । यो त पारिवारिक कुरा भयो ।
यता, ज्ञानेन्द्र शाह पछिल्ला वर्ष राजसंस्था र यसको मुद्धालाई नयाँ संविधानमा घुसाउन चाहान्थे । उनको यो मुद्धालाई स्थापित गराउन उपयुक्त राजनीतिक शक्तिको खाँचो थियो । उनले कमल थापा लगायतका नेताहरुलाई त्यसमा उपयोग गर्न खोजेको समेत विषयहरु बाहिर आएका थिए । तर नयाँ संविधानमा त्यो मुद्धा कुनै रुपमा घुस्न सकेन । पछिल्लो वर्ष संविधान कार्यान्वयनको विषयमा अनेक बहसहरु बाहिर आइरहँदा पूर्वराजा ज्ञानेन्द्र विभिन्न धार्मिक कार्यक्रमहरुमा देखिइरहेका छन् । भारत लगायतका देशका हिन्दुवादी नेताहरुलाई भेटिरहेका छन् भने नेपालको राजतन्त्रको पक्षमा इमान्दार साथ लाग्ने व्यक्तिहरुसँग समेत उनले सल्लाह लिइरहेको श्रोत बताउँछ ।
बिहीबार पूर्वराजा ज्ञानेन्द्रले विश्व हिन्दु महासंघले आयोजना गरेको एउटा भव्य सम्मेलनको उद्घाटन गर्दैछन् । काठमाण्डौको वनकालीमा आयोजना गरिएको सो कार्यक्रममा विश्वका एक दर्जनभन्दा बढी देशबाट प्रतिनिधिहरु सहभागी हुँदैछन् । छिमेकी देश भारतबाट हिन्दुवादी पार्टी र विभिन्न गुरुहहरुको त्यो सम्मेलनमा सहभागिता देखिदैछ । भनिन्छ, नेपाललाई हिन्दुराष्ट्र बनाउने र राजसंस्थाको पक्षमा चलिरहेको अभियान र मुद्धालाई सो मञ्चबाट सैद्धान्तीरकण गरिने र विश्वभर नयाँ सन्देश दिने तयारी गरिदैछ । यसबाट के पुष्टि हुन्छ भने ज्ञानेन्द्रले विश्वहिन्दु महासंघ मार्फत यो मुद्धालाई विश्वव्यापी बनाउने तयारी गरिरहेका छन् । उनको प्रयास कति सफल हुने हो, त्यो भने हेर्न बाँकी नै छ ।

gyanendra
भारतको सत्ता नेतृत्व र ज्ञानेन्द्रको भित्री तयारी
भारतीय सत्ता नेतृत्वको चावी यसबेला प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा रहेको छ । हिन्दुवादी पार्टी भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री नियुक्त भएका मोदीको विश्वदृष्टिकोण विश्वहिन्दु महासंघसँग नमिल्ने कुरै भएन । फरक ढंगले नेपालको राजतन्त्रको अन्त भएको र विश्व परिवेश नेपालको पक्षमा भएकोले मात्र भारतीय प्रधानमन्त्रीले नेपालको राजतन्त्रको पक्षमा बोल्न नसकेको भन्नेहरु पनि धेरै भेटिन्छन् । तर भारतीय सत्ताको नेतृत्व गरिरहेका मोदी नेपाल जहिल्यै हिन्दुराष्ट्र बनिरहोस् भन्ने पक्षमा रहेको समाचारहरु बेलाबेलामा बाहिर आइरहेका हुन्छन् । यसले नेपालको राजतन्त्रको नेतृत्व गरिरहेको नेतृत्व वर्गलाई खुसी तुल्याउँदै आएको जानकारहरु बताउँछन् । भनिन्छ,भारतको परराष्ट्र नीति स्थाई भएकोले मात्र प्रधानमन्त्री मोदीले नेपालमा उठिरहेको हिन्दु राष्ट्रको माग र राजतन्त्रको बारेमा बोलेका छैनन् तर उनको पार्टी आवद्ध नेताहरुले भने काठमाण्डौमै आएर खुल्लारुपमा यो मुद्धाका बारेमा बसह उठाइरहेका छन् ।
त्यसैले भनिन्छ, संविधान कार्यान्वयनको कमजोर चरणलाई प्रयोग गर्दै हिन्दुराष्ट्र र राजतन्त्रको नारा स्थापित गर्ने अभियानमा भारतको नेपालमा हुने सुक्ष्म व्यवस्थापनले समेत प्रत्यक्ष–अपत्यक्ष रुपमा सघाइरहेको छ । यसमा लोकतान्त्रिक धारको नेतृत्व गरिरहेका नेताहरु समेत चुक्न सक्ने विश्लेषण गर्न थालिएको छ ।