पु.समाचार

कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा यस्तो तयारी

काठमाण्डौ । बुधबार दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग बिहीबारनै संसदमा पेस हुने भएको छ । बुधबार सत्ता पक्षीय माओवादी र प्रतिपक्षी एमालेका सांसदहरुले कार्कीविरुद्ध माअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

१५७ जनाले हस्ताक्षर गरिएको सो प्रस्ताव दर्ता हुनासाथ कार्की स्वत निलम्बनमा परेका छन् ।

कार्की विरुद्धकै प्रस्तावबारे छलफल गर्न बिहीबार २ पटक संसद बैठक बस्ने तयारी भएको समेत बताइएको छ । पहिलो बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका लागि समय निर्धारण गर्ने र दोश्रो बैठक छलफल गरिने बताइएको छ । संसदले बुधबारनै महाअभियोग सिफारिस समिति समेत गठन गरिसकेको छ ।