आर्थिक

नेपालमा ४० हजार अवैध विदेशी कामदार

काठमाडौं । नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरे पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा कारबाही हुन सकेको छैन ।

नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो ।
त्यसवेला सरकारले विदेशमा हुने अवैधानिक आप्रवासी कामदारलाई दिने आममाफी जस्तै पहिलोपल्ट नेपालमा रहेका अवैध कामदारलाई विशेष अवसर प्रदान गरेको छ ।
तर, त्यसको तीन वर्ष पुग्दा पनि श्रम विभाग र अध्यागमन विभागले अनुगमन नगर्दा ४० हजार विदेशी कामदारले नेपालमा श्रम स्वीकृतिविना काम गरिरहेका छन् भन्दै बिहीबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।