पु.समाचार

लोकमान एक्कासी काठ्माण्डौ फर्किए

सुर्यखबर सँबाददाता, 

काठमाडौं । सँसदमा महाअभियोगको प्रस्ताब दर्ता भएपश्चात अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख आयुक्त लोकमानसिँह कार्की त्रिभुबन बिमानस्थलको बिशिष्ट कक्षबाट बाहिरिएका छन् । असोज ३ गते क्यानडा प्रश्थान गरेका लोकमान बुधबार साँझ ८ बजेर ५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिएका थिए।

फोटो खिच्न आएका पत्रकारहरुलाई धन्यबाद दिदैं उनी बा ११ च २०२० नम्बरको अख्तियारको गाडीमा चढेर निवास तर्फ बाहिरिएका थिए। चार दिनका लागी अख्तियारको कार्यक्रममा क्यानडा प्रशथानगरेका कार्की, त्यसपछि ब्यक्तीगत काममा बिदा लिएर बैदेशीक यात्रामा थिए ।

बिहीबार हुने साँसद बैठकका लागी लोकमानले आफू अनुकुल माहौल बनाउन भूमिका खेल्छन् त्यो भने हेर्न बाँकी नै छ ।