पर्यटन/संस्कृति

नियतबस जनतालाई दुःख दिएको भए बायुसेवा निगमलाई कारबाहि गर्छु : मन्त्री शाही

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । नेपाल बायुसेवा निगमले पटक पटक आन्तरीक उडान रद्ध गरेको छ । ताप्लेजुङका लागी उक्त निगमले दुईपटक सम्म सेवा अबरुद्ध गर्दा यात्रहरु मारमा परिेका छन् । निगमका महाप्रबन्धक सुगतरत्न कँसाकारले बिदेशमा फ्लाईट गर्ने भनी बिभिन्न समयमा ठूला कुरा गेपनि नेपाली यात्रुहरुलाई दुईपटक सम्म टिकट नपाउदा समस्या परेको छ ।

दसैँमा टिकट नपाएर यात्रुहरुलाई समस्यामा पारेको बायुसेवा निगमले दसैंपछि पनि यात्रुहरुलाई पाईलट नभएको भन्दै बिमान रद्द गरेको छ । प्लेन चढेर काठ्माण्डौ आउने यात्रुहरु बिमानस्थलमा अलपत्र परेका छन् भने यात्रुहरुले यस्तो बदनियत गर्नेलाई काबाहि गर्न मन्त्रालयसँग माग गरेका छन् ।

आईमाई-केटाकेटी, बृद्ध-बृद्धाहरुले ठूलो कष्ट भोग्नुपरेका बेला सूर्यखबर प्रतिनिधिले सम्पर्क गर्न खोज्दा बायुसेवा निगमका महाप्रबन्धक सुगत रत्न कक्साकारले फोन रिसिभ गरेनन् ।

दशैँमा जहाज बिग्रिएको भन्दै निगमले पैसा फिर्ता दिएको थियो ।  जेठ १९ गतेबाट उडान नभएको बताईएको छ ।

यसरी जहाज नचल्दा बिरामी असक्तलाई समस्या परेको स्पष्ट देखिन्छ । सँस्कृति, पर्यटन एबम् नागरीक उड्ययन मन्त्री जीबन बहादुर शाहीले जनतालाई दुःख दिने नियतले कसैले काम गरेको भए छानबिन गरेर आवश्यक कारबाहि गरिने जनाएका छन् ।