मनोरञ्जन

फेसबुकमा लभ परेर होटल बोलाएकी महिला आफ्नै श्रीमती परेपछि………….

फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन ।

कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो ।

पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्।

हो, श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् । त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे ।

तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पुग्यो । अहिले श्रीमती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा लागेकी छन्। एजेन्सी