राजनीति

डा.गोबिन्द केसीमा माग अब्याबाहारिक – डा.कोईराला

तुलसा खनाल
काठमाडौं । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय समेत रहेका सँसद डा. शेखर कोईरालाले डा. गोबिन्द केसीका माग नाजायज र अब्याबहारिक रहेको बताएका छन् ।

व्यवस्थापिका संसदको महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा डा. केसीप्रति आक्रमक रुपमा प्रस्तुत भएका कोइरालाले ‘ जुम्लामा मेडिकल कलेज खोलेर के गर्नु हुन्छ? त्यो त बिपी प्रतिक्ष्ठानको सहयोगमा चलिरहेको छन भनेका थिए ।

त्रिभूबन बिश्वबिद्यालयको एनलाई डा.केसीले चुनौती दिने काम गरेको आरोप लगाउदै त्रिभुबन बिश्वबिद्यालयको डीन बरिष्ठमात्र नभएर क्षमतावान पनि हुनुपर्ने डा. कोईरालाको धारणा छ ।

मेडिकल काउन्सील पनि जिम्मेवार बन्न नसकेको बताउदै शिक्षा र स्वास्थ्य मन्त्रालयको सहकार्य हुन नसकेका कारण अहिलेको समस्या आएको बिश्लेशण गर्दै अख्तियार र डा. केसीको चेपुवामा मेडिकल कलेजहरु परेको चिकित्शक समेत रहेका डा. कोईरालाको धारणा छ ।