राजनीति

सांसदहरुको सेवा सुविधा बढाउने सम्बन्धी विद्येयक संसदमा दर्ता

काठमाडौं । सरकारले सांसदहरुको सेवा सुविधा बढाउने सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मंगलबार कानुन मन्त्रालयले विधेयक संसद सचिवालयमा दर्ता गरेको हो ।

सांसदहरुको सेवा सुविधा सम्बन्धी २०५२ सालको ऐन पहिलो पटक संशोधन हुन लागेको हो ।

सरकारले यसअघि सेवा सुविधा राजपत्रमा सूचना प्रकाशित गरी हेरफेर गर्दै आएको थियो । कानुनी रुपमा सुविधा बढाउने गरी पहिलोपटक विधेयक ल्याइएको हो ।

विधेयक अनुसार अब सांसदहरुको मासिक तलब ५५ हजार हुनेछ । मासिक तलब बाहेक घरभाडा, सचिवालय खर्च, धारा, पानी बिजुलीको रकम पनि सांसदहरुले पाउनेछन् भन्दै बुधबारका पत्रपत्रिकाहरुमा समाचार प्रकाशित छ ।