पु.समाचार

भोजपुरदेखि काठमाण्डौसम्म सिधा यातायात सेवा सुरु

काठमाण्डौ । भोजपुरदेखि काठमाडौँसम्म सिधा यातायात सेवा सुचारु भएको छ। चुम्लुङ्मा यातायात प्रा।लि।ले मंगलबारदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौँसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो।

चुम्लुङ्माले १८ सिट क्षमताका छ वटा माइक्रोबस भोजपुर झिकाइसकेको भए पनि सडक सहज नहुँदा दिनमा दुई वटा मात्र बस सञ्चालन गरिने भएको छ। भोजपुरदेखि काठमाडौँ सिधा यातायातको भाडादर दुई हजार पाँच सय निर्धारण गरिएको चुम्लुङ्मा यातायात प्रा।लि।का सञ्जीव केसीले जानकारी दिए।

भोजपुरदेखि सिधै काठमाडौं सञ्चालन हुने माइक्रो बसमा फ्रि वाइफाइ, एसी, एलइडी कोचलगायतको सुविधा रहेको जनाइएको छ। भोजपुरदेखि काठमाडौँ सिधा यातायात सञ्चालनमा आएपछि भोजपुरका स्थानीयवासी हर्षित भएका छन्।

यसअघि, देशको राजधानी काठमाडौँ जान भोजपुरदेखि धरान हुँदै गाडी फेरेर झन्डै तीन दिन लगाएर जानुपर्ने बाध्यता रहेको थियो। रासस