अन्तर्राष्ट्रिय

भारतको उडिसा राज्यको एक अस्पतालमा भीषण आगलागी, २३ जना बिरामीको मृत्यु

एजेन्सी– भारतको उडिसा राज्यको एक अस्पतालमा आगलागीमा परेर २३ जनाको मृत्यु भएको छ । उडिसाको इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एण्ड एसयएम अस्पतालमा आगलागी भएको हो । अस्पतालको डायलिसिस वार्डबाट आगलागी सुरु भएर अस्पतालभर फैलिएको बताइउको छ ।

धेरै बिरामीहरु श्वास फेर्न नपाएका काण हताहत भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । उडिसा राज्यको राजधानी भुवनेश्वरमा अवस्थित सो अस्पतालमा आगलागी सुरु हुनासाथ बिरामीहरुलाई आइसीयु वार्डमा समेत प्रभाव परेपछि बाहिर निकालिएको जनाइएको छ ।

agalagi-2

बाहिर निकालिएका बिरामीहरुलाई अर्को अस्पतालमा लगिएको बताइएको छ । आगलागीमा परेकाहरुमध्ये करिब १ दर्जन बिरामीहरुको बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यामहले जनाएका छन् । अस्पतालमा लागेको आगलागी नियन्त्रणका लागि ७ वटा दमकलहरु प्रयोग गरिएको जनाइएको छ ।