मनोरञ्जन

खुल्यो ऐश्वर्या रायको रहस्य !

एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या रायले अभिनय गरेको भने खुबै प्रचार गरिएको करण जोहरको फिल्म ए दिल है मुश्किलभित्रको रहस्य पर्दाफास भएको छ । सो फिल्ममा ऐश्वर्याको लामो भूमिका रहेको भनिएता पनि उनको निकै छोटो भूमिका रहेको रहस्य खुलेको भन्दै भारतीय मिडियाहरुले सन्सनी मच्चाएका छन् ।

प्रचार प्रसारका कार्यक्रमहरुमा समेत ऐश्वर्याको लामो भूमिका रहेको भनिएतापनि अन्तमा उनको २० मिनेटको मात्रै भूमिका देखिएकोले ए दिल है मुश्किलको प्रतिक्षामा रहेका दर्शकहरु रणभूल्लमा परेका छन् ।

धर्म प्रोडक्शनको उक्त फिल्म यसैपनि कन्ट्रोभर्सीमा परिसकेको छ । अजय देवगानको फिल्म शिवायुसँग भिड्न लागेको फिल्मको बारेमा एक पक्षले अर्कोलाई गर्दै आएको घोचपेच तथा आरोप प्रत्यारोपले समेत दुबै फिल्म चर्चामा पनि छन् ।

करणले अनुष्का शर्मा, रणविर कपुरसँगै ऐश्वर्याको पनि लिड अभिनय रहेको र सबैको समान भुमिका रहेको बोल्दै आएका थिए ।