खेलकुद

एएफसी सोलाडिरिटी कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाण्डौ । एसियाली फुटबल महासंघले एएफसी सोलाडिरिटी कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगिता कातिक १७ गतेदेखि मलेसियामा हुन लागेको हो ।

सो प्रतियोगितामा नेपालले पहिलो खेल कातिक २० गते टिमोर लेस्टेसँग खेल्ने भएको छ । नेपाल ब्रुनाई र टिमोर लेस्टे रहेको समूह ए मा परेको छ ।

समुह बी मा भने श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् । नेपालले कातिक २३ गते ब्रुनाइसँग खेल्नेछ
प्रतियोगिताको फाइनल खेल कात्तिक ३० गते हुने छ ।