पु.समाचार

सवैको सर्वस्वीकार्यता बढाउँदै लैजान्छौ: महरा

रोल्पा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरी सवैको स्वीकार्यता बढाउदै लैजाने बताएका छन् ।

अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आइपुग्नुभएका महराले सोमबार प्रेस सेन्टर रोल्पाले लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकारको पहिलो प्राथमिकता संविधान कार्यान्वयन भएको बताए ।

सहमतिका लागि आन्दोलनरत दल तथा समुदायसँग कुरा भइरहेको मन्त्री महराको भनाइ थियो ।

मन्त्री महराले अघिल्लो सरकारले ल्याएको बजेट आफ्नो पार्टी समेत संलग्न भई ल्याएको हुँदा वर्तमान सरकारले दृढताका साथ कार्यान्वयन गर्ने बताए ।

भूकम्पपीडितको समस्या समाधान र सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई निश्कर्षमा पुर्याइने उनले बताए । रासस