पु.समाचार

भूकम्पको ठूलै झड्का !

दार्चुला । सोमबार एकाबिहानै दार्चुलामा भूकम्पको ठूलै धक्का महसुस गरिएको छ । बिहान ६ बजेर १६ मिनेटमा ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा सो भूकम्पको केन्द्रबिन्दु परेको थियो । भूकम्पले के कति क्षति पुर्यायो भन्ने कुरा बाहिर आइनसकेको बताइएको छ ।