पु.समाचार

राष्ट्रपति भण्डारी र पूर्व राष्ट्रपति यादवबीच नाता जोडिदै

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको छ। राष्ट्रपति भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच विहेको टिकाटालो भएको छ ।

अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ । राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो। उनीहरुको विहे आगामी माघ महिनाका लागि तय गरिएको छ भन्दै सोमबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।