समाचार

यी हुन् नेपालका धेरै दुर्घटना हुने ४ वटा सडक

काठमाण्डौ । सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरुमध्ये चारवटा सडक खण्डमा धेरै दुर्घटना हुने देखाएको छ ।

सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ राम्दी सडकखण्ड १२ किलोमिटर, लमही तुलसीपुर सडकखण्ड २९ दशमलव ६२ किलोमिटर, अरनिको राजमार्गको सूर्य विनायक दोलालघाट खण्ड ४७ दशमलव १५ किलोमिटर र भालुवाङ भारण्डा रोल्पा सडकखण्ड ९१ किलोमिटरमा धेरै दुर्घटना हुने गरेको छ ।

यी सडकलाई विभागले ब्याल्क स्पट मानेको सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए भन्दै सोमबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।