आर्थिक

एनसेल दोस्रो पटक ‘फ्रोस्ट एण्ड सलिभन २०१६’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवाप्रदायक कम्पनी एनसेल (“एनसेल”) लगातार दोस्रो वर्ष फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । यो प्रख्यात पुरस्कार एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो । यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदानगर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुहअन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवननिर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचनातथा संचार प्रविधि लगायतका क्षेत्रहरुमा हजारौ कम्पनीहरु मध्ये सबैभन्दा राम्रो अभ्यास गर्दै आएको लाई यो सम्मान प्रदान गर्दछ ।

ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रति ग्राहक मिश्रित औषत आय, प्रतिग्राहक आयको वृद्घि, सेवा अथवा व्यवसायमा नविनता लगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सुचकहरुको आधारमा कडा मापढण्ड भित्र रहेर पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो ।

एनसेलका प्रबन्धनिर्देशक साइमन पर्किन्स् भन्छन्, “हामी कृतज्ञ छौ । ग्राहकमाध्यान केन्द्रितगर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक अन्र्तराष्ट्रिय रुपमा सम्मानपाएको छ । फ्रोस्ट एण्ड सलिभनले अवार्ड दिनकालागि कठिन प्रद्घति अपनाउछ र यो सफलता एनसेललको उदाहरणीय समग्र विकास र उत्कृष्ट कार्य पद्धतीको प्रमाण हो । यो देशको सामाजिक आर्थिक सँवृद्घीकालागि कडा परिश्रम गर्ने हाम्रा सबै कर्मचारीहरुको मेहेनतको नतिजा हो ।

“लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहितएनसेल, आफ्नो नेटवर्कमा महत्वपुर्ण सुधार ल्याउन र अझ थप नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध छ । हामी नेपालीजनतालाई निरन्तर रुपमाउत्कृष्ट र दिगो सेवाप्रदा नगर्न कतिवद्घ छौ ।” एनसेलले बताएको छ ।