मनोरञ्जन

नयाँ रेकर्ड राख्यो रणवीरसिंहको फिल्म बेफिक्रेले

एजेन्सी– भारतीय स्टार अभिनेता रणवीर सिंहको स्टार फिल्म बेफिक्रेको ट्रेलरले नै रेकर्ड कायम गरेको छ । पछिल्लो फिल्म बाजिराव मस्तानी बाट शाहरुख खानलाई पछार्दै हिट बनेका स्टार अभिनेता सिंहको उक्त फिल्म ट्रेलरले ३ दिनमै नयाँ रेकर्ड राखेको हो ।

सो फिल्मको ट्रेलरले सो अवधिमा मात्रै १ करोड ६५ लाख बढीको युट्युब भ्युअर्स रेकर्ड राख्न सफल भएको बताइएको छ ।

सामाजिक सञ्जालमा अहिले भाईरल बनिरहेको बेफिक्रेु ले बलिउड स्टार सलमान खान तथा आमिर खान र शाहरुखको फिल्मको दाँजोमा तीन दिनमा नै यो प्रकारको युट्युव भ्युअर्स कायम गर्दै अघि बढेको हो ।

फिल्ममा रणविर सिंहसँगै वाणी कपुर लिड अभिनयमा छन् भने निर्देशन, लेखन तथा निर्माण आदित्य चोपडाको छ ।