पु.समाचार

एमालेको चियापानस्थल नजिक ट्राफिक प्रहरीले कडा चेकजाँच गरेपछि….!

काठमाण्डौ । शनिबार एमाले पार्टी कार्यालय नजिकै रहेको शंखपार्कमा चियापान समारोह चलिरहेको थियो । चियापान समारोहमा एमालेका सयौ नेता, कार्यकर्ताहरु आउने जाने क्रम चरिहेको थियो ।

t7

महाराजगञ्ज, धुम्बाराही वरिपरिको चक्रपथ क्षेत्रमा समेत निकै बाक्लो भीडभाड देखिन्थ्यो तर त्यही समयमा ट्राफिक प्रहरीले भने सवारी चेक (लाइसेन्स, ब्लु बुक जाँच) लाई कडा पारिरहेको देखिन्थ्यो ।

t6

मुलुकको प्रभावशाली पार्टीको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सबै दलका प्रमुख तथा वरिष्ठ नेताहरुको समेत आगमन भैरहेको बेला ट्राफिक प्रहरीले सवारी चेक जाँचलाई कडा पारेको थियो ।

t6

विभिन्न दलका युवा संगठनहरु, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम वरिपरि ट्राफिक प्रहरीले किन कडाई गरेको हो, त्यो भने अहिलेसम्म खुलाएको छैन । प्रहरीले कार्यक्रमस्थलबाट करिब ३ सय मिटर पर सुकेधारा चोक छेउमा कडा सवारी जाँच गरिरहेको देखिन्थ्यो ।

t4

दसैंभरि विरलै चेकजाँच हुने सो स्थानमा त्यहीदिन किन सवारी चेकजाँच गरिएको भन्दै कतिपय एमाले कार्यकर्ताहरुले गृहमन्त्री विमलेन्द्र निधिको नामै लिएर प्रश्न समेत उठाएका थिए ।

t2

t-1