पु.समाचार

अब सरकारी अस्पतालमा आफ्नै औषधी पसलको व्यवस्था हुने

काठमाडौं । सरकारी अस्पतालमा अब आफ्नो छुट्टै औषधि पसल सञ्चालनमा आउने भएको छ । स्वास्थ्य मन्त्रालये अनिवार्य रुपमा अस्पताल आफैंले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नेपर्ने हुन्छ ।

यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालमा फार्मेसि सञ्चालनमा ल्याउन आदेश दिइसेकेको छ ।

यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए । निजी फारमेसी सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन दिने गरेको आरोप लाग्ने गरेको थियो भन्दै आइतबारको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।