पु.समाचार

संबिधान सँसोधन अगाडी बढाइए प्रतिबाद : ईश्वर पोख्रेल

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । नेकपा एमालेले सरकारले संबिधानसँसोधनका बिषयमा गरिरहेको गृहकार्य तुहाउने सँकेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली संबिधान सँसोधनका बिषयमा खरो रुपमा उत्रिरहेकाबेला एमालेका महासचिब ईश्वर पोख्रेलले पनि संबिधानसँसोधन भन्दा अगाडी स्थानीय निकायको चुनाब गर्नुपर्ने बिचार राखेका छन् ।
पत्रकारहरुसँगको कुराकानीमा पोख्रेलले संबिधानसँसोधन गर्न पहिले सरकार घटक काँग्रेस र माओबादी केन्द्रले एउटै भएर एमालेसँग कुरा गर्न आउनुपर्ने हुँदा त्यसो हुन नसकेपछि संबिधान सँसोधनको कुरा अगाडी बढ्न नसकेको बताएका छन् । उनीहरुले जे भन्यो तेहि एमालेले नमान्ने समेत माहासचिब पोख्रेलको खरो बिचार प्रश्तुत गरेका थिए ।

अहिलेको आवश्यक्ता भनेको सँबिधान सासोधन भन्दा सँबिधान कार्यान्वयन महत्वपूर्ण हुने बिचारमा दृढ भएको बताउदै सरकारले एकलौटी ढँगले संबिधान सँसोधन अगाडी बढाए अन्तरबिरोध बढ्ने सँकेत गर्दै आफुहरु प्रतिबादमा उत्रिने बताएका छन् ।

बरु एमालेले सँबिधान कार्यान्वयनका लागी ३ वटै निकायको निर्बाचन समयमा नै सम्पन्न गर्न अभियान सँचालन गर्नेछ, पोख्रेलको कथन थियो ।