समाचार

सडकभत्केर हिलाम्मे भएपछि सयौँ यात्रुले दशैंमा दुःख पाए

कावासोती । नवलपरासीको दलदले बुलिङटार सडकखण्ड भत्केर हिलाम्मे भएपछि सयौँ यात्रुले दशैंमा दुःख पाएका छन् । दशैंमा घर जाने र फर्कने यात्रुले खुर्सानी खोलामा सडक भत्केर हिलाम्मे भएपछि यात्रुहरूले सास्ती बेहुर्नुपरेको हो।

दलदलेबाट बुलिङटारसम्म पुग्दा एक दर्जनभन्दा बढी ठाउँमा यात्रु ओराल्दै सवारी साधन गुड्ने गरेका छन् । दैनिक ६० वटा जीप चल्ने पहाडी भेगमा खुर्सानी खोला, कमलीकोटमा सडक बिग्रदा सास्ती पाएको लेकवेशी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले बताए।

दशैंका मुखमा सडक मर्मत गरिए पनि अविरल वर्षा भएपछि सडकको माटो बगाएर लैजाँदा धेरै सडकखण्ड कुलो जस्तो बनेको छ । दलदलेदेखि बुलिङटारसम्मको ४० किलोमिटर सडकमा यात्रा गर्न अहिले छ/सात घण्टा लाग्ने गरेको बताइएको छ । रासस