पु.समाचार

काँग्रेस केन्द्रीय समिति बैठक कार्तिक ४ गते

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितीको बैठक कार्तिक ४ गते बस्ने भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको ब्यापक दबाबपछि सस्थापन पक्षले उक्त बैठक डाकेको बताईन्छ । पार्टीकार्यालयका मूख्य सचिब कृष्ण पौडेलद्वारा बिज्ञप्ती जारी गरि बैठक डाकिएको छ । बिज्ञप्तीमा भनिएको छ

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७३ कात्र्तिक ४ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा— वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ । “